www.tandavnews.com
Fact ~ In search of truth

पर्वतमा बसको ठक्करबाट पैदलयात्री पुनको मृत्यु

लता जोशी/विद्यार्थी पत्रकार,

ताण्डव न्यूज/पोखरा ।

पर्वतको कुश्मामा यात्रुबहाक बसले ठक्कर दिदा एक पैदलयात्रीको मुत्यु भएको छ । मुस्ताङबाट पोखरा आउदै गरेको ग १ ख ७००३ नम्बरको बसले आज (आईतबार) करिब साढे १२ बजे कुश्मा नगरपालिका–६ शिवालयचोक स्थित ठक्कर दिदा मोदी गाँउपालिका–४ लेसपार्कका ३१ वर्षिया दिल बहादुर पुनको मृत्यु भएको हो ।

Batas

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार ठक्कर पश्चात घाईते पुनलाई उपचारका लागि जिल्ला अस्पताल पर्वत पुर्याएको थियो । अस्पताल पुग्नासाथ डाक्टरले मृत घोषणा गरेको थियो । सवारी चालकलाई नियन्त्रणमा लिई उक्त घटनाबारे थप अनुसन्धान भैइरहेको पर्वत प्रहरीले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.