www.tandavnews.com
Fact ~ In search of truth

प्रेम दिवससँगै दि मुग्लान रेष्ट्रोले दोस्रो वार्षिकोत्सव मनाउने

लता जोशी /विद्यार्थी पत्रकार,

ताण्डव न्यूज/ पोखरा ।

पोखरा सभागृह स्थित रहेको दि मुग्लान रेष्टुरेण्ट एण्ड बारले दास्रो वार्षिकोत्सव विशेष साँगीतिक कार्यक्रमका बिच मनाउने भएको छ ।

Batas

प्रेम दिवससँगै फागुन १ देखी ३ गते सम्म वार्षिकोत्सव मनाउने कार्यक्रम तय गरेको मंगलबार (आज) आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।

रेष्ट्रोका मार्केटिङ तथा ईभेन्ट म्यानेजर सुरज थापाले ३ दिन सञ्चालन हुने कार्यक्रमको उद्घाटनका दिन चर्चित गायक कमल खत्रीको विशेष प्रस्तुती रहने जानकारी दिए । उनका अनुसार दोस्रो दिन (प्रेम दिवस) प्रमोद खरेल र अन्तिम दिन मेलोडी क्वीन तृष्णा गुरुङले माहौललाई संगीतमय बनाउनेछिन् । त्यसैगरी अतिथि कलाकारसँगै हरेक दिन प्राप्ति एण्ड ब्रदर्श व्याण्ड र मेलोडियस व्याण्डको बेजोड प्रस्तुती रहने छ ।

रेष्ट्रोका जनरल म्यानेजर सन्तोष गुरुङले लक्की ड्र मार्फत वार्षिकोत्सवको अवसरमा उत्कृष्ट ग्राहकलाई २ हजार बराबरको फुड भौचरको व्यवस्था गरिएको बताए । उनका अनुसार उक्त रेष्ट्रले एकैपटक २ सय ग्राहकलाई सेवा दिन सक्नेछ ।

विगत दुई वर्ष देखी सञ्चालनमा रहेको उक्त रेष्ट्रोमा ८० जना क्षमताको सुविधायुक्त सभाहल, २ वटा क्यारावके रुम (आफै गाउन मिल्ने) वालउद्यानको व्यवस्था रहेको छ भने ५० जना कर्मचारी कार्यरत रहेका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.