www.tandavnews.com
Fact ~ In search of truth

दोस्रो गार्डेन कप सेभेन ए साईड फुटबलको तयारी तिब्र

सरिता जिसी/विद्यार्थी पत्रकार,

ताण्डव न्यूज/पोखरा ।

गार्डेन युवा क्लबले आयोजना गर्ने दोस्रो संस्करणको सेभेन ए साईड फुटबल प्रतियोगिताको तयारी तिब्र पारिएको छ ।

Batas

मणिपाल शिक्षण अस्पतालको खेल मैदानमा आगामी १२ देखी १७ गते सम्म सञ्चालन हुने उक्त प्रतियोगिताको तयारी तिब्र पारिएको आज (सोमबार) आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।

क्लबका अध्यक्ष बिनोद गुरुङले उक्त प्रतियोगिताको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद १ लाख २५ हजार प्राप्त गर्ने बताए । उनका अनुसार शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ७० हजारको हकदार बन्नेछ । उनले प्रतियोगिताबाट सर्बाेत्कृष्ट बन्ने खेलाडी र उत्कृष्ट गोलरक्षकलाई जनही ५-५ हजार सहित ट्रफी प्रदान गरिने जानकारी दिए ।

अध्यक्ष गुरुङले प्रतियोगिताबाट अन्तिम चारमा प्रवेश गरी बाहिरिएका दुई टिमलाई १०-१० हजार प्रदान गरिने बताए । उनका अनुसार टिम दर्ता शुल्क ७ हजार निर्धारण गरिएको छ । उनले प्र्रतियोगितामा अनुमानित ४० टिमको सहभागिता रहने अपेक्षा गर्दै राष्ट्रिय खेलाडीहरुले पनि खेल्न पाउने बताए ।

पत्रकार सम्मेलनमा बोल्दै सेभेन ए साईड फुटबल महासँघका अध्यक्ष नवीन पुनले सेभेन ए साईडले फुटबललाई जोगाउन मद्दत पुर्याएको धारणा व्यक्त गरे । उनले सेभेन ए साईडले पछिल्लो समय पाएको लोकप्रियतालाई स्मरण गर्दै महासँघ स्थापना गरेकोमा गर्भ महसुस भएको दर्शाए । उनले स्थानीय स्तरका क्लबले आयोजना गर्ने फुटबल प्रतियोगिताले उदयीमान खेलाडीलाई सुवर्ण अवसर रहने बताउँदै उक्त प्रतियोगितालाई शिल्ड लगायतको पुरस्कार सौजन्य गरेको बताए ।

त्यस्तै मिलन गुरुङले आफु सो क्लबको संस्थापक अध्यक्ष भएको स्मरण गर्दै उक्त प्रतियोगिता सफल पार्न सहयोग गर्ने प्रतिबद्धता जनाए । सो प्रतियोगिता सम्पन्न गर्नका लागि वडा कार्यालय ११ ले १ लाख ५० हजार सहयोग गरेको छ भने वैदेशिक रोजगारमा रहेका क्लबका सदस्यहरुले समेत साथ दिएको आयोजकले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.