www.tandavnews.com
Fact ~ In search of truth

पोखरा फुलबारीमा स्कुटर दुर्घटना,भोजपुरका राजकुमार राईको मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा आज बिहान भएको दुर्घटनामा एकको मृत्यु भएको छ । आज बिहान ६ बजेर ५५ मिनेटको समयमा कास्की पोखरा महानगरपालिका –११ फुलबारीमा भएको दुर्घटनामा राजकुमार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

ग १६ प ५५२२ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक जिल्ला भोजपुर रामप्रसाद गाउँपालिका ८ वार्षिखोडा घर भई हाल पोखरा रानीपौवा बस्ने अन्दाजी ३० वर्षीय राई घाईते भएका थिए ।

Batas

उनलाई उपचारको लागि पश्चिीम क्षेत्रीय अस्पतालमा पुर्याइएकोमा डाक्टरले जेकजाँच पश्चात मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.