www.tandavnews.com
Fact ~ In search of truth

लमजुङमा साढे सात महिनामा मात्रै ५९ जना हराए

लमजुङ ।

गण्डकी प्रदेशअन्तर्गतको लमजुङमा महिला र बालबालिका हराउने क्रम बढेको छ ।

सामाजिक सञ्जालको प्रयोग, वैदेशिक रोजगार, घरझगडा, अन्तर जातीय प्रेम, गलत साथीको सङ्गतलगायत कारणले महिला तथा बालबालिका हराएको बताइन्छ ।

Batas

यस चालू आर्थिक वर्षको करीब साढे सात महिनामा मात्रै ५९ जना हराएको प्रहरीको तथ्यांकमा उल्लेख छ । यस आर्थिक वर्षको साउनदेखि फागुन महिनाको ११ गते सम्ममा उक्त सङ्ख्यामा महिला तथा बालबालिका हराएको प्रहरीले जनाएको छ ।

यीमध्ये ४३ महिला, तीन बालक, ११ बालिका र तीनजना ज्येष्ठ नागरिक छन् । हराएकामध्ये २२ महिला, तीन बालक, १० बालिका र दुईजना ज्येष्ठ नागरिक फेला परेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र लमजुङका प्रमुख नन्दुकुमारी अधिकारीले बताए ।

उनका अनुसार अझै २० महिला, एक बालिका र एकजना ज्येष्ठ नागरिक भेटिएको छैनन् । हराएका महिला तथा बालबालिकाको खोजी भइरहेको उनको भनाइ थियो ।

त्यस्तै आर्थिक वर्ष ०७५÷७६ मा १०५ महिला तथा बालबालिका हराएका छन् जसमा ७३ महिला, सात बालक र २५ बालिका छन् । सोमध्ये ५२ महिला, चार बालक र २० बालिका फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै आर्थिक वर्ष ०७३÷७४ मा ८० महिला तथा बालबालिका रहेको थियो जसमा २३ महिला, १२ बालक र १८ बालिका छन् । सोमध्ये २३ महिला, १२ बालक र छ बालिका फेला परेको प्रहरीको तथ्यांकमा छ ।

हराएको जानकारी प्रहरीसामु आए पनि फर्किएको तथा फेला परेको जानकारी परिवारले प्रहरीलाई नदिँदा हराएको महिला तथा बालबालिका कम फेला परेको देखिएको सेवा केन्द्रका प्रमुख अधिकारीले बताए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.