www.tandavnews.com
Fact ~ In search of truth

मोदीद्धारा प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपणको कामना

काठमाडौं ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मिर्गौला प्रत्यारोपण र शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । प्रधानमन्त्री ओलीलाई सुख, सुस्वास्थ्य र दीर्घजीवनका निम्ति पशुपतिनाथको निरन्तर कृपा रहिरहने कामना पनि प्रधानमन्त्री मोदीले आज ट्वीटमार्फत गरेका छन् ।

भारत र नेपालबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन प्रधानमन्त्री ओलीको निरन्तर योगदानको आशा उनले गरेका छन् । प्रधानमन्त्री ओलीले पनि प्रत्युत्तरमा ट्वीट गर्दै आफ्ना भारतीय समकक्षीप्रति आभार प्रकट गरेका छन् ।

Batas

प्रधानमन्त्री मोदीका हार्दिकता र चिन्तनशीलतामा आफूहरूबीचको सन्निकट मैत्री प्रतिविम्बन भएको प्रधानमन्त्री ओलीले बताएका छन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.