www.tandavnews.com
Fact ~ In search of truth

सभामुख सापकोटा र भारतीय राजदूत क्वात्रा बीच भेटवार्ता

काठमाडौं ।

भारतीय राजदूत विनयमोहन क्वात्रा र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ ।

नेपालका लागि नवनियुक्त राजदूत क्वात्राले आज सभामुखको कार्यकक्ष सिंहदरबार पुगेर सभामुख सापकोटासँग शिष्टाचार भेट गरेका हुन् ।

Batas

भेटमा दुई देशको सम्बन्धका विषयमा कुराकानी भएको बताइएको छ ।नेपाल र भारतको सम्बन्ध औपचारिक नभएर प्राकृतिक सम्बन्ध भएकोले नेपाल भारत बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउने विषयमा छलफल भएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

भेटमा सभामुख सापकोटाले भूकम्पपछि भारतले गरेको सहयोग र कोरोना भाइरसविरुद्ध लड्नका लागि भारतले गरिरहेको सहयोगको प्रशंसा गरेका थिए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.