www.tandavnews.com
Fact ~ In search of truth

निर्वाचन र लोकतन्त्रलाई दूषित पार्ने खालका सामग्री सम्प्रेषण नगर्न आग्रह

काठमाडौँ I
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन र लोकतन्त्रलाई दूषित पार्ने खालका सामग्री सम्प्रेषण नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेका छन्।

निर्वाचन आयोगको आग्रहमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका सन्दर्भमा सामाजिक सञ्जाल फेसबुकको मातृ संस्था मेटाले आज सञ्चारकर्मीलाई आयोजना गरेको भर्चुअल तालिममा सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले सञ्चारमाध्यम स्वनियमन र स्व नियन्त्रित हुनुपर्नेमा आयोगले जोड दिँदै आएको उल्लेख गरे।

उनले आयोगले निर्वाचन आचारसंहितामा पहिलो पटक मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिलाई व्याख्या गरी त्यसको नियमनको प्रबन्ध गरेको जनाउँदै आयोगले सञ्चारमाध्यम र सामाजिक सञ्जाललाई नियन्त्रण नभई नियमन गराउन खोजेकाले यसमा सबैको साथ आवश्यक रहको जनाए।

Batas

प्रमुख आयुक्त थपलियाले निर्वाचनको निष्ठा र स्वच्छता कायम गर्न तथा निर्वाचनसम्बन्धी सूचनालाई व्यवस्थितरुपमा सहजीकरणका लागि आयोगमा प्रेस कार्यालयको स्थापना गरी काम भइरहेको बताए।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.