www.tandavnews.com
Fact ~ In search of truth

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं ।

पश्चिमी वायुको प्रभावले आज देशभर आंशिक बदली रही पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावले अपरान्हपछि पूर्वी तथा मध्य पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताए ।

Batas

उक्त प्रणाली पश्चिमी भू–भागबाट प्रवेश गरेकाले यसको प्रभाव पश्चिमी भेगमा बढी पर्ने बताइएको छ ।‘बुधबारदेखि पश्चिमी भू–भागमा पश्चिमी वायु बढी सक्रिय हुनेछ’, मौसमविद् बासीले भने । हाल देशका केही पश्चिमी भू–भागलगायत मध्य र पूर्वी पहाडी भू–भागमा आंसिक बदली र अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको बताइएको छ । बुधबार देशभर आंशिकदेखि सामान्य बदली भई पश्चिमी तथा मध्य भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको औँल्याइएको छ ।

बिहीबार देशभर आंशिक बदली रही पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.