www.tandavnews.com
Fact ~ In search of truth

तनहुँमा विवाह भोजमा हिँडेका बालक माथि चितुवाको आक्रमण

तनहुँ ।

चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा हिजो(बुधबार) साँझ एक बालक घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँ बस्ने ७ वर्षीय अनुप नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घर नजिकै आमासँग विवाह भोजमा जान हिँडेका नेपालीलाई घरदेखि अन्दाजी एक किमी टाढा बाटोमा चितुवाले आक्रमण गरी घाइते बनाएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताए ।

Batas

चितुवाको आक्रमणबाट बालकको घाँटीमा चोट लागेको छ । बालकको अवस्था गम्भीर रहेको र उपचारका लागि पोखरास्थित गण्डकी अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

यहाँ चितुवाको आक्रमण बढ्दै जाँदा स्थानीयवासी त्रसित छन् । भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकामा चितुवाको आतंक छ । बीस महिनाको अवधिमा जिल्लामा चितुवाको आक्रमणबाट नौ बालबालिकाले ज्यान गुमाएका छन् ।

चितुवाको आक्रमण बढ्दै गएपछि डिभिजन वन कार्यालयले चितुवा नियन्त्रणमा लिने प्रयास पनि गरेको छ । हालसम्म जिल्लामा सात वटा चितुवा नियन्त्रणमा लिइएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.