पोखरा
ताण्डव न्यूज ।
गण्डकी प्रदेश सांसद विन्दु कुमार थापाले शैक्षिक सामाग्री वितरण गरेका छन् । सांसद थापाले प्रदेश सभा अन्तर्गत प्राप्त गर्ने सेवासुविधाबाट विद्यार्थीहरुलाई सहयोग गरेका हुन् ।
सांसद थापाले बुधबार पोखरा ३३ भरतपोखरी स्थित कालिका माध्यमीक विद्यालयका १३५ विद्यार्थीहरुलाई विविध शैक्षिक सामाग्री हस्तान्तरण गरे ।
सो अवसरमा बोल्दै सांसद थापाले सामुदायीक विद्यालयहरुले अझैपनि गुणस्तर सुधारमा ध्यान नदिएको बताए ।उनले नीजी विद्यालयको तुलनामा सामुदायीक विद्यालयहरुले गुणस्तर कायम गर्न नसक्दा हरेक वर्ष विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आइपरेको जनाए ।
‘पहिले सामुदायिक विद्यालयको स्वीकृति दिँदा कुनै सर्वेक्षण नगरी नजिक–नजिक स्विकृती दिएको र भौगोलिक विकटताका कारण अहिले बन्द हुने विद्यालय संख्या बढ्दै गएको देखिन्छ’ उनले भने ‘ सामुदायिक विद्यालयको गुणस्तर र आकर्षण बढाउन सम्बन्धित सरोकारवाला निकायले विशेष ध्यान दिनु जरुरी छ ।’
सांसद थापाले शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयहरुले नयाँ आयाम ल्याउनुपर्नेमा जोड दिए । उनले भने ‘अहिलेको अवस्थामा कसरी वैज्ञानिक शिक्षा भित्र्याउन सकिन्छ ? अब ढिलो गर्नु हुँदैन । सबै विद्यालयले अभास गर्नेगरी शिक्षामा नयाँ आयामहरु ल्याउन आवश्यक छ ।’ उनले विद्यार्थीको चौतर्फी विकासकालागि अतिरिक्त क्रियाकलाप अन्तर्गत खेलकुदका क्षेत्रमा पनि जोड दिन सुझाए ।
शैक्षिक सामाग्रीसँगै सांसद थापाले विद्यालयलाई पानी तान्ने मोटर पनि हस्तान्तरण गरे ।
सहयोग हस्तान्तरण कार्यक्रममा पोखरा ३३का वडाध्यक्ष शिव आचार्य, विद्यालयका प्रधानाध्यापक प्रेमप्रसाद पोखरेल, शिक्षक, अभिभावक,नेपाली कांग्रेस वडा इकाई सभापति रामचन्द्र पौडेल, लायन्स क्लबका डिआर पोखरेल लगायतको उपस्थिती रहेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सहायक प्रधानाध्यापक धुव्र पौडेलले गरेका थिए ।
© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।