www.tandavnews.com
Fact ~ In search of truth

रगत अभावःरक्तदानका कार्यक्रम स्थगन नगर्न रक्तसञ्चार केन्द्रको अनुरोध

पोखरा ।

कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई उच्च ध्यान दिँदै पोखरामा रक्तदानका कार्यक्रम सञ्चालन हुन थालेका छन् । गत हप्ता पाँच वटा कार्यक्रम स्थगन हुँदा रगतको अभाव देखिएको थियो ।

अहिले सामान्य भएको र कार्यक्रमसमेत नियमित हुन थालेको नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रले जनाएको छ । रगत अभाव भएपछि विभिन्न संघसंस्थाले आकस्मिक कार्यक्रम आयोजना गरेका थिए ।

यहाँ प्रदेशका ११ वटै जिल्लाबाट उपचारका लागि आउने बिरामीको गर्दछन् । यहाँ ‘रिफरल अस्पताल’ समेत रहेका छन् । यहाँ दैनिक ७० युनिट रगत माग हुने गरेको बताइएको छ । यही चैत १५ गतेसम्मका लागि विभिन्न संघसंस्थाको आयोजनामा गरिने रक्तदान कार्यक्रमको तालिका रहेकाले त्यस्ता कार्यक्रमलाई स्थगन नगर्न केन्द्रले आग्रहसमेत गरेको छ ।

केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले सम्भव भएसम्म नियमित रक्तदानका कार्यक्रम हुनुपर्ने बताए । उनले भने, ‘गत हप्ता पाँच वटा कार्यक्रम स्थगित हुँदा बजारमा रगतको अभाव भयो । अहिले १५ गतेसम्मलाई क्यालेडरमा छ । कोरोनाको जोखिमले वार्षिक कार्यक्रम स्थगित नगर्नुहोस् भनेका छौँ । आवश्यकता हेरेर रक्तदान गरे सहजरूपमा मागको पूर्ति हुने अवस्था छ ।’

शनिबार पोखरामा दुई संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ९५ युनिट रगत संकलन भएको छ । विशाल को–अपरेटिम संस्था लिमिटेडको कार्यक्रमबाट ६१ युनिट तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा–८ ले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ३४ युनिट संकलन भएको बताइन्छ ।

सोसाइटीले रक्तसेवा सञ्चालनका लागि आवश्यक पर्ने अत्याधुनिक उपकरणसहितको बस सञ्चालनमा ल्याएपछि बसभित्रै रक्तदान गर्ने व्यवस्था मिलाइएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop