www.tandavnews.com
Fact ~ In search of truth

कोरोना कहर : स्पेनका सबै निजी अस्पताल राष्ट्रियकरण

एजेन्सी ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणविरुद्ध लड्न स्पेन सरकारले सबै निजी अस्पताल र स्वास्थ्यसेवा प्रदायकलाई राष्ट्रियकरण गरेको छ।

विभिन्न सञ्चारमाध्यमले प्रधानमन्त्री पेड्रो सान्चेज प्रशासनका स्वास्थ्यमन्त्रीले स्पेनका निजी स्वास्थ्य सेवा प्रदायक र उनीहरुको सुविधा सार्वजनिक नियन्त्रणमा लिने घोषणा गरेका हुन्।

Batas

स्पेनमा ६५ हजार ७ सय १९ जनालाई कोरोना भाइरस संक्रमण भएको छ भने ५ हजार १ सय ३८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्यमन्त्री इल्भाडोर इल्लाले एमबीबीएइस चौथो बर्षमा अध्यनरत विद्यार्थीलाई देशको स्वास्थ्य सेवाका लागि खटिन भनिने र मेडिकल सामग्री उत्पादन गर्ने कम्पनीलाई सरकारसँग सम्पर्कमा रहन भनिएको बताए।

स्पेन कोरोना संक्रमणबाट असाध्यै प्रभावित देशमध्ये एक हो। यहाँ सरकारले राष्ट्रिय संकटकाल घोषणा गरिसकेको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.