www.tandavnews.com
Fact ~ In search of truth

सुन्दरीबजारका ‘निमराज’ बाइकसहित चाउथेको कुलोमा मृत भेटिए

पाेखरा
ताण्डव न्यूज ।

पोखरामा गएराति(बुधबार) मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।

पोखराको चाउथे स्थित खसीबजार चोक नजिकैको सडक छेउको कुलोमा ग ११ प ८२८१ नम्बरको बुलेट मोटरसाईकल खस्दा पोखरा-२६ सुन्दरीबजारका ३८ बर्षीय निम राज पुनको मृत्यु भएको हो । शव कुलोमा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले बताए ।

Batas

उनका अनुसार प्रहरीले घटनास्थलबाट शव र मोटरसाइकल आज बिहान निकालेको छ । मृतक पुन राती कता कुन प्रयोजनका लागि हिडेको बारे अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

तस्विर : सुरज श्रेष्ठ

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.