www.tandavnews.com
Fact ~ In search of truth

सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौँ।
पछिल्लो समय सुनचाँदी बजारमा सुनको मूल्य निरन्तर उकालो लाग्दै आएको छ । आज छापावाल सुनको कारोबार प्रतितोला रु एक लाख सात हजार पाँच सय तोकिएको छ ।
अघिल्लो दिन प्रतितोला रु एक लाख छ हजार तीन सयमा कारोबार भएको उक्त सुन आज प्रतितोला रु एक हजार दुई सयले बढ्दा नेपाली बजारमा सुनको कारोबार मूल्य हालसम्मकै उच्च भएको हो । यसअघि यही माघ १२ गते सुनको कारोबार प्रतितोला रु एक लाख छ हजार नौ सय पुगेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख सात हजार छ । अघिल्लो दिन उक्त सुन रू एक लाख पाँच हजार आठ सय पुगेको थियो ।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो दिनको कारोबारको तुलनामा रु १५ले बढेर प्रतितोला रु एक हजार तीन सय ९५ पुगेको महासङ्घले जनाएको छ । अन्तराष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्य बढेकाले यहाँको बजारमा त्यसको असर परेको महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताए। महासङ्घले अन्तराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको मूल्यका आधारमा दैनिक यहाँ कारोबार मूल्य तोक्दैआएको छ ।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.