www.tandavnews.com
Fact ~ In search of truth

एनसेलले बुझायो २३ अर्ब

काठमाडौँ ।

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले रु २३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार ५४६ ठूला करदाता कार्यालयमा दाखिला गरेको छ ।

उक्त कार्यालयको गत मङ्सिर १९ गतेको निर्णयअनुसार एनसेलका नाममा निर्धारित भएको पूँजीगत लाभकरबापतको उक्त रकम ब्याजसहित सरकारी कोषमा दाखिला भएको हो ।

Batas

ठूला करदाता कार्यालयका अनुसार आयकर ऐन, २०५८ बमोजिम उक्त रकम प्राप्त भएको तथा उक्त कम्पनीसम्बन्धी सम्पूर्ण प्रकरण अन्त्य भएको छ । यसअघि दुई किस्तामा क्रमशः कम्पनीले रु चार अर्ब ५० करोड र रु चार अर्ब ६० करोड दाखिला गरेको थियो । (रासस)
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.