www.tandavnews.com
Fact ~ In search of truth

काठमाडौंका २ ब्यक्तीमा कोरोना भाइरस संक्रमण पुष्टी

पाेखरा
ताण्डव न्यूज । 

काठमाडौंमा २ जनाको कोरोना भाइरस रिपोर्ट पोजिटिभ आएको छ । पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा लण्डनबाट आई बसोबास गर्ने एकै परिवारका २ जनामा संक्रमण पुष्टी भएको हो ।

परीवारका ३ जनाको बैशाख १ गते आरडीटी विधिबाट परीक्षण गर्दा ५८ बर्षिया पुरुष, ८१ बर्षिया महिलाको पोजेटिभ देखिएको र पीसीआरबाट थप परिक्षण गर्दा समेत पोजेटिभ रिपोर्ट देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बाँकी १ जनाको पहिलो परिक्षणमा कोभिड १९ पोजेटिभ नदेखिएको जनाइएको छ ।

Batas

उक्त अपार्टमेन्टमा बस्ने व्यक्तिहरूको परिक्षण आजैबाट सुरू गरिएको र निजहरू संग संलग्नहरूको ट्रेसिङ सुरू भएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.