www.tandavnews.com
Fact ~ In search of truth

बिकेन एलपी ग्यास

नारायण अधिकारी
चितवन, रासस ।

एलपी ग्यास उद्योगहरुमा ग्यास नबिकेर बुलेटसमेत खाली गर्न उद्योगीले पाएका छैनन् । देशभरमा ५८ वटा ग्यास उद्योग छन् ।

नेपाल एलपी ग्यास उद्योग सङ्घका केन्द्रीय अध्यक्ष गोकुल भण्डारीका अनुसार ती उद्योगले मगाएका दुई सय ५० बुलेट खाली गर्न सकिएको छैन । लकडाउनको समयमा ग्यासको अभाव हुन नदिन भन्दै १२ दिनसम्म आधा सिलिन्डर मात्रै भरेर बिक्री गरिएको थियो । एक सिलिन्डरमा १४ दशमलब दुई किलो ग्यास हुने भए पनि सात दशमलब एक किलो ग्यासमात्र बिक्री गरिएको थियो ।

Batas

भण्डारीको भनाइमा झण्डै १० लाख सिलिन्डर आधा मात्रै भरेर ग्राहककामा पठाइएको छ । खपतसमेत आधा घटेकाले ग्यास बिक्री हुन नसकेका हो । नका अनुसार यसैले गर्दा ग्राहककामा सिलिन्डर खाली नहँुदा ग्यास बिक्री हुन नसकेको हो ।

बाबा, श्री र लुम्बीनी गरी तीन उद्योग सञ्चालन गर्दै आएका बिमल कालाखेतीका अनुसार भण्डारण खाली नभएपछि बुलेट खाली गर्न सकिएको छैन । चालकलाई उद्योगले खाना र बस्न व्यवस्था गरेर राखेका छन् । ९६ घण्टाभन्दा बढी समय बुलेट राख्नुपरेमा दैनिक अतिरिक्त शुल्कसमेत तिर्नुपर्ने उनले बताए । नेपालमा सामान्य अवस्थामा दैनिक एक लाखवटा सिलिन्डर बिक्री हुने गर्दछ । लकडाउनको हल्लासँगै धेरैले सिलिन्डर भरेर राखेको र सभा सम्मेलन एवं होटल बन्द हुँदा खपत आधा घटेको कालाखेतीको भनाइ छ ।

नेपालका ग्यास उद्योगमा रु १५ करोडदेखि दुई सय करोडसम्म लगानी भएको व्यवसायीहरु बताउँछन् । सबैभन्दा ठूलो नेपाल ग्यासका सञ्चालकसमेत रहेका भण्डारी आउँदा दिनमा ग्यास कतिको सहज हुन्छ अहिले नै भन्न नसकिने भएकाले उपभोक्ताकामा खाली सिलिन्डर भए भरेर राख्न अनुरोध गरिएको बताउछन् ।
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.