www.tandavnews.com
Fact ~ In search of truth

कास्की प्रशासनले ‘परिवारका सदस्यको मृत्यु संस्कार’ बाहेक अन्यका लागि सवारी पास नदिने

पोखरा
ताण्डव न्यूज ।

जिल्ला प्रशासन कार्यालय कास्कीले मृत्यु संस्कारमा सहभागी हुने जाने ब्यक्तिका लागि मात्रै ई – पास उपलब्ध गराउने जनाएको छ ।

आज जारी सूचनामा उल्लेख भएअनुसार सवारी ई-पास पेश भएको प्रमाणका आधारमा परिवारका सदस्यको मृत्यु संस्कारमा सहभागी हुन जाने ब्यक्तिहरुलाई मात्र प्रदान गरिने छ ।

Batas

‘अन्य सामान्य विषयका लागि सवारी ई-पास प्रणालीमा अनुरोध नगरिरदनु भई लकडाउनलाई थप प्रभावकारी बनाई कोभिड १९को संक्रमण रोकथाम र नियन्त्रणमा सहयाग गरिदिनुहुन सूचना जारी गरिएको छ’ प्रशासनले सूचनामा उल्लेख गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले गृह मन्त्रालयको निर्देशन अनुसार आजदेखी ई-पासको सुरवात गरेको हो ।

 

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.