www.tandavnews.com
Fact ~ In search of truth

तनहुँका सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री वितरण

तनहुँ ।

कोरोना भाइरस संक्रमण हुनसक्ने जोखिमको समयमा समेत नागरिकलाई सु–सूचित गर्न निरन्तर समाचार सङ्कलनमा खटिएका तनहुँका सञ्चारकर्मीलाई मंगलवार स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले कोभिड १९ को जोखिमका वावजुद निरन्तर कार्य क्षेत्रमा खटिइरहेका तनहुँका क्रियाशिल पत्रकारहरुका लागि शाखाको आग्रहमा स्वास्थ्य सामग्री प्रदान गरेको हो । प्रदेशले ३० थान एन नाइन्टी फाइभ मास्क, ३० थान सेनीटाइजर तथा सर्जिकल मास्क र पञ्जा प्रदान गरेको नेपाल पत्रकार महासंघ तनहँुका सचिव उज्वल पौडेलले वताए ।

Batas

महासंघका गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेलले नेपाल पत्रकार महासंघ तनहँुका अध्यक्ष ओमकार आचार्यलाई दमौलीमा सो सामाग्री हस्तान्तरण गरेका हुन् । प्रदेश अध्यक्ष पौडेलले अत्यन्त सावधानी र सजक वनि कोरोनाबाट वच्दै जनतालाई समाचार संप्रेषण गर्न सञ्चारकर्मीलाई सुझाए । छिट्टै नै छुटेका अन्य क्रियाशिल पत्रकारहरुलाई समेत स्वास्थ्य सामाग्री वितरण गरिने उनले प्रतिवद्धता जनाए ।

पत्रकार महासंघ तनहँुका अध्यक्ष ओमकार आचार्यले सहयोग प्रति प्रदेश समितिलाई धन्यवाद दिदै अहिले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी नै सबैभन्दा अग्रपंक्तिमा रहनु परेको छ भन्दै सञ्चारकर्मीको सुरक्षामा जोड दिए ।

उक्त स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा महासंघ गण्डकी प्रदेशका सचिव इन्द्र पौडेल, नेपाल पत्रकार महासंघ तनहँुका पूर्व अध्यक्षहरु प्रदीप काफ्ले र डम्बर वहादुर अधिकारी, प्रदेश सदस्य अन्जना तिमल्सेना लगायतको सहभागिता रहेको थियो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.