
पोखरा ः अफगानिस्तानमा बस्ने शरणार्थीको जीवनमा आधारित चलचित्र ‘रिटर्नी’ले एक हजार डलर राशीको गौतम बुद्ध अवार्ड पाएको छ ।
चार दिनदेखि पोखरामा जारी अन्तर्रा्ष्ट्रिय फिल्म फेष्टिवल समापनको अवसरमा सोमवार राति उक्त अवार्ड प्रदान गरिएको हो ।
पोखरास्थित उद्योग वाणिज्य महासंघको हलमा आयोजित फिल्म फेष्टिबलमा नेपाली चलचित्र ‘जालगेडी’ ले पाँच सय डलरको माउण्ट एभरेष्ट अवार्ड पाएको थियो भने प्रकाश आङदम्बे निर्दे्शित ‘देश खोज्दै जाँदा’ले पचास हजार नेपाली रुपैयाँको फेवा अवार्ड पायो ।
समारोहमा नेपाली पानोरमाअन्तर्गत अनन्त यात्राले २५ हजार रुपैयाँसहित अन्नपूर्ण अवार्ड पाएको थियो भने ‘किप स्माइल’ले स्पेशल जुरी अवार्ड पाएको थियो । विजयी चलचित्रकर्मीलाई सांसद रविन्द्र अधिकारीले प्रमाणपत्र प्रदान गरेका थिए ।
‘सोमवार सिनेमा द रिफ्लेक्सन अफ सोसाइटी’ शीर्षकमा समाजशास्त्री चैतन्य मिश्र र फिल्म निर्देशक नवीन सुब्बाले बहस गरेका थिए ।
चलचित्रले तत्कालीन समाजको समय सन्दर्भ उल्लेख गर्नुपर्ने समाजशास्त्री मिश्रको भनाइ थियो । निर्देशक सुब्बाले यथार्थ सिनेमा निर्माणका लागि सर्जकहरु अराजक हुनुपर्ने धारणा राखेका थिए ।
सोही दिन सम्पन्न ‘सिनेमा द भिजुअल लिट्रेचर’ अनुप बराल, तीर्थ श्रेष्ठ र बुद्धिसागर सहभागी थिए । सोमबार विभिन्न मुलुकमा निर्माण भएका ११ फिल्म प्रदर्शन भए । नेपाल फिल्म एण्ड कल्चरल एकाडेमीको आयोजनामा भएको फेष्टिवलमा ३० मुलुकका ५० फिल्म प्रदर्शन गरिएको थियो ।
© 2018, अर्जुन गिरी. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.