www.tandavnews.com
Fact ~ In search of truth

माछापुच्छ्रे मा.वि मा मणिपालको निःशुल्क स्वास्थ्य शिविर

पोखरा ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–२मा रहेको माछापुच्छ्रे माध्यामिक विद्यालयमा एक दिने आँखा र जनरल मेडिसिनको निःशुल्क शिविर सम्पन्न भएको छ । पोखरा मणिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा ५  सय ४९ जनाले स्वास्थ्य लाभ लिएका छन् ।

सामुदायिक सेवा केन्द्र पोखरा बगर, अन्नपूर्ण गाउँपालिका र लायन्स क्लब अफ लेकसिटीले संयुक्त रुपमा आयोजना गरेको शिविरमा ४ सय २५ जनाले आँखाको र १ सय २४ जनाले जनरल मेडिसिनको जाँच गराएका थिए ।

शुक्रबार विद्यालय प्राङ्गणमा भएको शिविरमा विद्यालयका शिक्षक, विद्यार्थीको साथै स्थानियलेसमेत स्वास्थ्य लाभ लिएका थिए ।

Batas

शिविरमा विरामीलाई आवश्यकीय औषधीसमेत निःशुल्क वितरण गरिएको थियो ।

 

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.