www.tandavnews.com
Fact ~ In search of truth

कंगना रनावत अभिनित फिल्म ‘मनिकर्णिका’ पनि विवादमा

एजेन्सी ः बलिउड फिल्म ‘पद्मावत’ पश्चात फिल्म ‘मनिकर्णिका’ पनि विवादित भएको छ। अभिनेत्री कंगना रनावतको अभिनय रहेको फिल्मको विरुद्ध सर्व ब्राह्मिण महासभा समूह उत्रिएको छ ।
फिल्ममा झाँसीको रानीको ऐतिहास कथा तोडमोड गरेको भन्दै सर्व ब्राह्मिन महासभाले फिल्म निर्माणमा रोक लगाउने चेतावनी दिएको हो । महासभाका सुरेश मिश्रले भने, ‘फिल्मले इतिहासलाई तोडमोड गरेको छ। यो ‘झाँसिकी रानी’को कथामा आधारित छ र यसमा करोडौं खर्चिएको छ । हामीलाई त्यसमा मतलब भएन। यसरी इतिहासलाई तोडमोड गरेर फिल्म बनाउँन दिँदैनौं ।’
महासभा समूहले फिल्मको कथा परिकल्पना गरेर लेखिएको र त्यसमा रानी लक्ष्मी बाई र ब्रिटिस अफिसर रोबर्ट इलिसबीच प्रणयको दृश्य भएको उल्लेख गरेको छ । समूहको अनुसार फिल्मको कथा विवादित पुस्तक रानीबाट लिइएको हो । २००८ मा उत्तर प्रदेशमा यो किताबलाई पनि तत्कालीन मायावती सरकारले प्रतिबन्ध गरेको थियो ।
फिल्म निर्माण समूहले भने कथामा कुनै तोडमोड नभएको जनाएको छ । फिल्म रानी लक्ष्मीबाई प्रति समर्पित भएको र यदि कसैलाई सन्देह भए फिल्मको स्क्रिप्ट पनि दिने बताएको छ ।
क्रिस जगार्लामुडि निर्दे्शित फिल्ममा कंगना रनावतको प्रमुख भूमिका छ । फिल्ममा कंगनाबाहेक अंकिता लोकन्दे, जिसु सेनगुप्ता, सोनु सुद, अतुल कुलकनी, वैभव लगायतको अभिनय रहेको छ ।

© 2018, अर्जुन गिरी. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.