www.tandavnews.com
Fact ~ In search of truth

प्रि-मनसुन सक्रिय : हावाहुरी र चट्याङको खतरा

जमुना धमला
काठमाडौँ, रासस ।

पश्चिमी र स्थानीय वायुको प्रभावले विगत केही दिनयतादेखि देशभर बदलीसँगै मेघगर्जन र हावाहुरीसहित वर्षा भइरहेको छ ।

बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र प्रि–मनसुन सक्रिय भएकाले देशभर बदलीसँगै मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा भइरहेको मौसमविद् समिर श्रेष्ठले बताए । उनका अनुसार प्रिमसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझपख मेघगर्जनसहित क्षणिक वर्षा हुने गर्छ ।

Batas

“अहिले प्रिमनसुनको साथै पश्चिमी वायुकोको प्रभाव रहेकाले बिहानैदेखि बदलीसहित वर्षा भएको हो”, मौसमविद् श्रेष्ठले भने । यस समयमा पश्चिमी वायुको प्रभाव स्थानीय वायुसँग जोडिँदा बलियो भएर चट्याङ पर्ने हुन्छ । उक्त मौसमी प्रणालीको प्रभाव अझै केही दिन कायम रहने बताइएको छ ।

हाल देशको मध्य र पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही पश्चिमी भू–भागमा आंशिक बदली रहेको छ । दिउँसो देशभर आङ्शिकदेखि सामान्य बदली रही देशको पहाडी भू–भागका धेरै जसो स्थानमा र मध्य र पूर्वी तराईका केही स्थानमा अपराह्नपछि मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

रातको समयमा देशभर आङ्शिकदेखि सामामन्य बदली रही पहाडी भू–भागका एक–दुई स्थानमा र पूर्वी तराईका केही स्थानमा मेघगर्जन हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । बिहीबार देशको पहाडी भू–भागका साथै मध्य र पश्चिमी तराईका केही स्थानमा अपराह्नपछि मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको बताइएको छ । वैशाख १२ गते शुक्रबार देशको मध्य र पूर्वी भू–भागको केही स्थानमा र पश्चिमी पहाडी भू–भागका एक–दुई स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.