www.tandavnews.com
Fact ~ In search of truth

कोभिड–१९ः बेलायतमा हालसम्म ३३ नेपालीको मृत्यु

बेलायत ।

कोरोना भाइरसको सङ्क्रमणबाट बेलायतमा हालसम्म ३३ नेपालीको मृत्यु भएको छ ।

सञ्चारमाध्यमका समाचार, गोरखा वेलफेयर ट्रष्ट र भूपू गोरखा सैनिकको विवरण मिलाउँदा हालसम्म कम्तीमा ३३ नेपालीको मृत्यु भएको देखिन्छ । यसमा तीन महिला र बाँकी पुरुष छन् । त्यहाँस्थित नेपाली दूतावासमा भने हालसम्म ३१ नेपालीको मुत्यु भएको विवरण प्राप्त भएको जनाइएको छ ।

Batas

दूतावासका प्रवक्ता शरदराज आरणले दूतावासबाहेक वेलफयरले पनि छुट्टै विवरण राखेको र हिजो (शनिबार)मात्र सो आँकडा प्राप्त भएको जानकारी दिए । गोरखा वेलफेयर ट्रष्टमा अधिकृत तहमा कार्यरत ग्यारी घलेले ट्रष्ट भूपू गोरखाहरूका लागि काम गर्ने संस्था भएकाले बेलायतमा कोरोनाबाट निधन भएका केवल भूपू गोरखाको मात्र तथ्यांक राख्ने गरेको र दूतावासले सबै नेपालीको राख्ने हुँदा मृत्यु हुनेको संख्यामा फरक फरक पाइएको हुन सक्ने बताए ।

मृत्यु हुनेको सङ्ख्या अझ बढी हुनसक्ने आशंका गरिएको छ । मृत्यु हुनेका सबै परिवारले सञ्चारमाध्यमलाई घटनाबारे जानकारी नदिन पनि सक्छन् । परिवारको इच्छाविना अस्पतालले यस्ता घटना सार्वजनिक गर्दैन ।रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.