www.tandavnews.com
Fact ~ In search of truth

त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिजमा आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

काठमाण्डौँ
ताण्डव न्यूज ।

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा हुने आजको खेलमा नेपालले आफ्नो तेस्रो खेल खेल्न लागेको हो ।

नेपाल र नेदरल्यान्ड्सबीचको खेल दिउँसो सवा १ बजे सुरु हुनेछ । नेपाल आज नेदरल्यान्ड्समाथि जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहति मैदान उत्रने छ । सिरिजको दुई खेलमा नेपाल अपराजित रहँदै शिर्ष स्थानमा रहेको छ । नेपालले दुई खेलमा शतप्रतिशत जितसहित ४ अङ्क जोडेको छ ।

Batas

नेदरल्यान्ड्स भने आजको खेलमा नेपाललाई पराजित गर्दै आफ्नो फाइनल पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ । नेदरल्यान्ड्स २ खेलमा १ जितसहित २ अङ्क जोड्दै दोस्रो स्थानमा रहेको छ । दुई खेक गुमाएको मलेसियाले भने अङ्क जोड्न सकेको छैन । राउण्ड रोबिनको आधारमा जारी सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् ।

नेदरल्यान्ड्सलाई हराएमा नेपाल लगातार तेस्रो जितसहित एक खेल अगाबै फाइनल पुग्ने छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.