www.tandavnews.com
Fact ~ In search of truth

श्रमिकप्रति विशेष ध्यान दिन जरुरीः मुख्यमन्त्री गुरुङ

पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोभिड–१९ को महामारीका कारण श्रमिक वर्गको अवस्था अत्यन्तै नाजुक बनेको, धेरैको रोजगारी गुमेको र तलब सुविधा कटौती भएकाले सरकारी नीति तथा योजना बनाउँदा त्यसतर्फ विशेष ध्यान जान जरुरी रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवस–२०७७ (मे दिवस) का अवसरमा सम्पूर्ण मजदूर वर्गलाई शुभकामना सन्देश दिँदै उनले विशेषगरी दैनिक ज्याला मजदूरी गरी खाने श्रमिकलाई स्थानीय तहमार्फत राहत वितरणको व्यवस्था मिलाइएको बताएका छन् ।

Batas

पछिल्लो लकडाउन अवधिमा कोरोना भाइरसको संक्रमणबाट बच्न सतर्कता र सचेतना अपनाई अधूरा निर्माण तथा अत्यावश्यक वस्तु उद्योगलाई पुनः सञ्चालन गर्ने नीति लिइएको बताउँदै श्रम र श्रमिकप्रति सम्मान गर्दै श्रमिकहरुलाई मर्यादित जीवन प्रदान र उनीहरुको पूर्ण क्षमताको सदुपयोग गर्न–गराउन आजको दिनले सबैमा प्रेरणा प्रदान गर्न सक्ने विश्वास व्यक्त गरेका छन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.