www.tandavnews.com
Fact ~ In search of truth

एसइई :आन्तरिक मूल्याङ्कनलाई आधार मान्न आग्रह

काठमाडौं ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले कोरोना भाइरसको रोकथामका लागि जारी बन्दाबन्दीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) सञ्चालन हुन नसक्ने भएकाले आन्तरिक मूल्यांकनलाई आधारमा मान्न आग्रह गरेको छ ।

सरकारले परीक्षा सञ्चालनको वैकल्पिक उपायहरुबारे विमर्श गरिरहेका बेला प्याब्सनले विसं। २०७६ को परीक्षामा सम्मिलित हुने विद्यार्थीका लागि मात्रै लागू हुने गरी आन्तरिक मूल्यांकनलाई नै राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरी ग्रेड सिट र प्रमाणपत्र दिने व्यवस्था गर्न उपयुक्त हुने जनाएको हो ।

Batas

कोरोना महामारीका कारण परीक्षा स्थगन हुँदा विद्यार्थी र अभिभावकमा मानसिक तनाव र अन्योल सिर्जना भएको उल्लेख गर्दै प्याब्सनका अध्यक्ष टीकाराम पुरीले आज विज्ञप्ति जारी गरी कानूनी बाधा अड्चन हटाई आन्तरिक मूल्याकंनलाई आधार मान्ने गरी आवश्यक निर्णय गर्न नेपाल सरकारसँग आग्रह गरेका छन् ।

गत चैत ६ गतेदेखि हुने तय भएको सो परीक्षा चैत ५ गतेको कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगन भएको थियो । त्यसपछि कक्षा ११ र १२ का परीक्षा पनि स्थगन गरिएका छन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.