www.tandavnews.com
Fact ~ In search of truth

यस वर्षको ‘बुद्ध जयन्ती ग्लोबल भर्चुअल सत्संग’ युट्युबबाट

पोखरा ।

शान्तीका अग्रदुत भगवान् गौतम बुद्धको २५६४ औं जन्मोत्सवको अवसरमा नेपाल मानव धर्म सेवा समितीले २५ राष्ट्र सहभागी ‘बुद्ध जयन्ती ग्लोबल भर्चुअल सत्संग’ कार्यक्रम गर्ने भएको छ।

कोरोना भाइरसले आम जनमानसमा पारेको प्रभावले गर्दा बुद्ध जयन्तीको अवसरमा भर्चुअल कार्यक्रम गर्न लागेको नेपाल मानव धर्म सेवा समितिका केन्द्रीय प्रभारी महात्मा चमेली बाइजीले बताईन।

Batas

सरकारले गरेको लकडाउनलाई सहयोग गर्दै बुद्ध जयन्तीको अवसरमा आयोजित कार्यक्रममा २५ देशका विभिन्न आध्यात्मिक वक्ताहरुले प्रवचन दिनेछन्। आध्यात्मिक सत्संग कार्यक्रममा भक्तीसंगीतका कार्यक्रम पनि हुनेछ । घरमा नै बसेर युट्युवबाट कार्यक्रम गरिने समितीले जनाएको छ।

यसअघि मानव धर्मले आफ्नो सबै आश्रमहरुमा कार्यक्रम गर्ने गरेतापनि अहिले कोरोनाको कहरलाई मध्यनजर गर्दै ग्लोबल भर्चुअल कार्यक्रम युट्युवबाट गर्न लागेको हो। २५ देशमा एकैसाथ प्रसारण हुने कार्यक्रम नेपालमा आगामी बिहिबार साँझ ६ बजे युट्वुमा हेर्न सकिने समितीले जानकारी दिएको हो।

कार्यक्रमलाई मानव धर्मको युट्युव च्यानलमा गएर हेर्न सकिने छ। भर्चुअल सत्सगं कै अवसरमा विश्वशान्तीको कामना गर्दै सोही दिन साँझ दिप प्रज्वलन कार्यक्रम पनि राखिएको छ। सो कार्यक्रममा नेपालसहित भारत, अमेरिका, अष्ट्रेलिया, क्यानाडा, नर्वे, जर्मन, इटाली, जापान, भुटान, अर्जेन्टिना, पोर्चुगल, बगंलादेश लगायतका देशहरुबाट सहभागी हुने केन्द्रिय सहायक प्रभारी महात्मा लता बाईजीले बताईन।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.