www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगरपालिका वडा नं–२० का घरघरमा निःशुल्क औषधि

पोखरा ।

पोखरा महानगरपालिका–२० ले दीर्घरोगीलाई निःशुल्क औषधि वितरण गर्दै आएको छ ।

सरकारले कोरोना संक्रमण फैलन नदिन जारी बन्दाबन्दीको समयावधि लम्ब्याउँदै गएपछि आफ्नो वडाभित्रका नियमित औषधि सेवन गर्ने उच्च रक्तचाप, मधुमेह, मुटुरोग, मानसिक समस्या, दम तथा थाइराइडका समस्या भएकालाई घरघरमै औषधि पुर्याइएको हो ।

Batas

वडाध्यक्ष सिमबहादुर गुरुङले वडाभित्रका ४३० बिरामीको घरघरमा पुगेर औषधि वितरण गरिएको जानकारी दिए । उनका अनुसार स्वास्थ्य क्षेत्रमा छुट्याइएको बजेटमा केही बजेट थप गरी कूल दुई लाख ५० हजार खर्चेर उनीहरूलाई घरघरमा पुगी औषधि वितरण गरिएको हो ।

वडा सदस्य भीमप्रसाद बाँस्तोलाले आगामी दिनमा पनि नियमित औषधि खानेमध्ये छुट बिरामीको तथ्यांक लिइ पुनः औषधि घरघरमा पुर्याउने बताए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.