www.tandavnews.com
Fact ~ In search of truth

दुई चिनियाँ जहाज ३४६ नागरिक बोकेर फर्किए

काठमाडौं ।

चीनको दुई वायु सेवा प्रदायक कम्पनीका जहाजले आफ्ना ३६४ नागरिक बोकेर फर्किएका छन् ।चीनको एयर चाइना र साउदर्न एयरले चिनियाँ नागरिकलाई चार्टर्ड उडानमार्फत स्वदेश लगेका हुन् ।

एयर चाइनाले १६२ र चाइना साउदर्नले १८४ यात्रु बोकेर गन्तव्यतर्फ उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले चीनका दुवै चार्टर्ड उडान केहीबेरअघि गन्तव्यतर्फ उठेको जानकारी दिए । यी दुई उडानमध्ये एयरचाइना छेन्दु जानेछ भने चाइना साउदर्न ग्वाङ्जाओका लागि उडान भरेको उनले बताए ।

Batas

नेपालमा लकडाउनका कारण रोकिएका चिनियाँ नागरिकलाई यहाँस्थित चिनियाँ दूतावासको पहलमा ती नागरिक स्वदेश फर्किएका हुन् ।

बेइजिङबाट फर्कियो नेपाल एयरलाइन्स

अत्यावश्यक स्वास्थ्य सामग्री लिन चीनको बेइजिङ गएको नेपाल वायु सेवा निगम (एयरलाइन्स) को वाइड बडी जहाज काठमाडौँ फर्किएको छ ।स्वास्थ्य सामग्री लिएर आएको निगमको कार्गो जहाज केहीबेरअघि काठमाडौँ अवतरण गरेको विमानस्थलका महाप्रबन्धक केसीले बताए।

त्यस्तै अष्ट्रेलियाको सिड्नी उडेको निगमको अर्को चार्टर्ड उडानको वाइड बडी जहाज पनि आझ साँझ ६ः०० बजे काठमाडौँ विमानस्थलमा अवतरण गर्नेछ । दुवै वाइड बडी जहाज बुधबार ती गन्तव्यमा उडान भरेका थिए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.