www.tandavnews.com
Fact ~ In search of truth

पर्यटन क्षेत्र विस्तारै खुलाउने सरकारको तयारी

८ महिनामा ६६ हजारभन्दा बढी विदेशी पर्यटक

ताण्डव
गएको ८ महिनामा ६६ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन विभागको तथ्यांकअनुसार अंग्रेजी वर्षको जनवरीदेखि अगष्ट महिनासम्म ६६ हजार ९ सय ६६ विदेशी पर्यटक नेपाल आएका हुन् । अगष्ट महिनामा मात्र हवाई मार्ग भएर ५ हजार ९ सय १७ विदेशी पर्यटन नेपाल भित्रिएका छन् ।

अघिल्लो वर्षको यही समयमा जम्मा २ सय ६५ जनामात्र पर्यटक नेपाल आएको पर्यटन विभागको तथ्यांक छ । यसैबिच, कोरोना संक्रमणदर घटेको र कोरोना विरुद्धको खोप लगाउनेको संख्या बढेको हुनाले पर्यटन व्यवसाय खोल्न सकिने संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले स्वास्थ्य मापदण्ड पालना गरी पर्यटन व्यवसायलाई चलायमान बनाउन सरकार समक्ष प्रस्ताव पेश गरिएको बताए। पर्यटन व्यवसाय सञ्चालन गर्दा जनस्वास्थयको मापदण्ड भने अनिवार्य रुपमा पालना गर्नुपर्ने प्रवक्ता अधिकारीले बताए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.