www.tandavnews.com
Fact ~ In search of truth

कोरोना अपडेटः विश्वभर मृत्यु हुनेको संख्या २ लाख ८३ हजार बढी

अमेरिकामा मात्र ८० हजार बढीको ज्यान गयो

काठमाडौं ।

विश्वभर कोरोना महामारीका कारण २ लाख ८३ हजार ६ सय ८७ जनाको मृत्यु भएको छ । ४१ लाख ७७ हजार बढी संक्रमित मध्ये करिब १४ लाख ८८ हजार उपचार पछि निको भएका छन् ।

पछिल्लो तथ्यांक अनुसार अमेरिकामा १३ लाख ६६ हजार ७ सय बढी संक्रमित हुँदा ८० हजार ७ सय ५७ जनाको मृत्यु भएको छ ।बेलायतमा २ लाख १९ हजार बढी संक्रमित छन् भने मृत्यु हुनेको संख्या ३१ हजार ८ सय ५५ पुगेको छ ।यस्तै स्पेनमा २ लाख ६४ हजार ६ सय बढी संक्रमित र २६ हजार ६ सय २१ जनाको मृत्यु भएको छ ।

Batas

इटालीमा कोरोना संक्रमितको संख्या २ लाख १९ हजार बढी हुंदा मृतकको संख्या ३० हजार ५ सय नाघेको छ ।उता फ्रान्समा करिब १ लाख ७७ हजार संक्रमित मध्ये मृत्यु हुनेको संख्या २६ हजार ३ सय नाघेको छ ।

जर्मनीमा १ लाख ७१ हजार ८ सय बढी संक्रमित र ७ हजार ५ सय बढीको मृत्यु भएको छ ।चीनमा ८२ हजार ९ सय संक्रमित छन् भने ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ ।यस्तै रसियामा संक्रमितको संख्या बढेर करिब २ लाख १० हजार र मृतकको संख्या १ हजार ९ सय १५ पुगेको छ ।

भारतमा पनि कोरोना संक्रमित र मृत्यु हुनेको संख्या थपिंदै गएको छ । करिब ६७ हजार १ सय बढी संक्रमित हुंदा मृत्यु हुनेको संख्या २ २ सय १२ पुगेको छ ।यता नेपालमा पनि संक्रमितको संख्या बढेको छ । आज कपिलवस्तुमा थप १० मा संक्रमण देखिएसँगै नेपालम संक्रमितको संख्या १२० पुगेको छ ।

उता पाकिस्तानमा कोरोना संक्रमितको संख्या ३० हजार ३ सय बढी छ भने ६ सय ५९ जनाको मृत्यु भएको छ ।रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.