www.tandavnews.com
Fact ~ In search of truth

सृजनशील युवा क्लबद्वारा रक्तदान कार्यक्रम

पाेखरा । 

पोखरा महानगरपालिका वडा न २७ मा अबस्थित सृजनशिल युबा क्ल्बले अाज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। लकडाउनका कारण देशका कतिपय स्थानमा उपचारका लागि रगत अभाव भएपछि क्लबले रक्तदान कार्यक्रम गरेको हो ।

सामाजिक उत्तरदायित्व वहन गर्दै नेपाल रेडक्रस सोसाइटी पोखरा -२७ उपशाखा सँगको सहकार्यमा कार्यक्रम अायाेजना गरिएकाे हाे । पोखरा २७ खोलाडिलमा रहेको सिद्धश्वर मन्दिर को प्राङ्गणमा आयोजित कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छ्न ।

Batas

रगत दानभन्दा ठुलो अरू दान हुन नसक्ने भन्दै र यस्ता रचनात्मक कार्यहरू सबै ठाउँमा गरिनु आवश्यक रहेको क्लबका पुर्ब अध्यक्ष महेश अधिकारीले बताए । कोरोना भाइरसको सङ्क्रमणबाट विश्व नै आतङ्कित भइरहेको अवस्थामा आफ्नो अमूल्य रगत दान गर्ने स्वयंसेवी रक्तदातालगायत अन्य सहयोगीलाई धन्यवाद दिदै आउँदा दिनमा पनि सामाजिक कार्य गर्न तत्पर रहेको कल्बका अध्यक्ष निरोज लामिछानेले बताए ।

उक्त कार्यक्रममा कल्बका सल्लाहकार बिश्वराज आचार्य, नेपाल रेडक्रस सोसाइटी पोखरा -२७ उपशाखा सचिब तिलकशाली सापकोटा , क्लब पुर्ब उपाध्यक्ष संकलप सापकोटा लगाएका ब्यक्ति को उपस्थिती रहेको क्लब उपाध्यक्ष रोशन लामिछानेले बताए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.