www.tandavnews.com
Fact ~ In search of truth

बङ्गालको खाडीमा शक्तिशाली चक्रवात विकसित हुँदै, नेपालमा पनि प्रभाव पार्न सक्ने

काठमाडौं ।

दक्षिण बङ्गालको खाडीमा विकसित भइरहेको अम्पुन नामक शक्तिशाली चक्रवातले नेपालमा पनि प्रभाव पार्न सक्ने अनुमान नेपाली मौसमविद्हरूले गरेका छन्।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले उक्त चक्रवातका कारण मङ्गलवारबाट पूर्वी नेपालको मौसममा बदली हुनसक्ने तथा त्यसपछिको दुई-तीन दिनसम्म देशैभरि बदली हुनसक्ने जनाएको छ।

Batas

“केही स्थानमा वर्षाको साथै उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात र एक-दुई स्थानमा ठूलो हिमपात हुनसक्नेछ,” महाशाखाले सोमवार जारी गरेको विशेष मौसमी बुलेटिनमा भनेको छ।

गत वर्ष नै फणि नामको चक्रवातले ओडिशामा धनजनको क्षति पुर्‍याएको थियो। त्यसको प्रभाव नेपालमा सगरमाथा क्षेत्रसम्म पनि परेको थियो।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.