www.tandavnews.com
Fact ~ In search of truth

भरतपुर क्वारेन्टिन : सुत्ने व्यवस्था महानगरको, खाना स्वयंको

भरतपुर ।

भरतपुर महानगरपालिकाका सबै वडामा कोरोना भाइरसको जोखिम हुन नदिन धमाधम क्वारेन्टिन स्थापना भइरहेको छ । अधिकांश वडामा क्वारेन्टिन स्थापना भइसकेका छन् भने केहीमा निर्माणको अन्तिम चरणमा छन् ।

सबै वडामा न्यूनतम १० श्ययाको क्वारेन्टिन स्थापना गरिएको भरतपुर महानगरपालिकाका प्रवक्ता अरुण पीडित भण्डारीले जानकारी दिए । उनले महानगरपालिकाको निर्देशनअनुसार २० बढी वडामा क्यारेन्टिन स्थापना भइसकेको बताए ।

Batas

“हरेक क्वारेन्टिनमा सामाजिक दूरी कायम हुने गरी श्यया राखिएको छ”, उनले भने , “महानगरले सुत्ने व्यवस्था गरेको छ, खानाको व्यवस्था स्वयं व्यक्तिले गर्नुपर्नेछ ।” उनले परिवार नभएकाहरुको हकमा भने सबै व्यवस्था महानगरले गर्ने बताए ।

विशेष गरेर भारतबाट आएकाहरुलाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरिको उनले बताए । महानगरमा पहिलो चरणमा २९० श्ययाको क्वारेन्टिन निर्माण हुने र आवश्यकताका आधारमा बढाउँदै लैजाने उनले जानकारी दिए ।

यसैबीच वडा नं ६ स्थित केशरबागमा शुक्रबार दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि महानगरपालिकाले थप सतर्कता अपनाएको छ । आफ्नै स्थानीय तहमा सङ्क्रमितको सङ्ख्या देखिइसकेपछि थप नगरवासीमा सङ्क्रमण देखिन नदिन महानगरले शुक्रबारदेखि नै थप सतर्कता अपनाउँदै लकडाउन अवधिभर घरभित्रै बसिदिन महानगरले महानगरवासीलाई आग्रह गरेको छ । सङ्क्रमणको जोखिम झन् बढ्दै गएकाले सबैले धैर्यताका साथ घरभित्रै बसेर सहयोग गरिदिन महानगरले सूचना जारी गरेको छ ।

पसल तथा व्यवसाय गर्नेहरुले पनि स्थानीय प्रशासनले तोकेको निश्चित समयसम्म मात्रै सञ्चालन गर्न महानगर प्रमुख रेनु दाहालले आग्रह गरिन् । शुक्रबार थप दुई जनामा कोरोना सङ्क्रमण देखिएपछि चितवनमा मात्रै कोरोना सङ्क्रमितको सङ्ख्या पाँच पुगेको छ । (रासस)
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.