www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगरमा महिलालाई छुट्टै क्वारेन्टाइन निर्माण गरिने

चिप्लेढुङ्गा ।

पोखरा महानगरले कोरोना सङ्क्रमण रोकथामका लागि महिलालाई छुट्टै क्वारेन्टाइन बनाउने भएको छ । पोखरा महानगर कोरोना सङ्क्रमण नियन्त्रण मूल समितिका संयोजक मञ्जुदेवी गुरुङको अध्यक्षतामा आज बसेको बैठकले महानगरका ३३ वटै वडामा क्वारेन्टाइन निर्माण गरिने र महिलाका लागि छुटै क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको हो ।

उपप्रमुख गुरुङले सबै वडाका वडाध्यक्षलाई ५० जना राख्न सकिने स्थानको छनोट गर्नका लागि पत्राचार गरिने र महिलाका लागि एउटा छुट्टै क्वारेन्टाइन स्थानको छनोट र व्यवस्थापन गर्न महानगरको क्वारेन्टाइन व्यवस्थापन समितिलाई निर्देशन दिने निर्णय भएको जानकारी दिइन् ।

Batas

महानगरले हाल दुई क्वारेन्टाइन सञ्चालन गरेको छ । स्थानीय मालेपाटनस्थित कृषि कार्यालयको छात्रावास र जाल्पारोडस्थित लेकसिटी रिसर्च एण्ड हस्पिटलमा महानगरले क्वारेन्टाइन सञ्चालन गरेको छ । सङ्क्रमणको जोखिम बढ्दो देखिएकाले आगामी दिनमा थप व्यक्ति राख्नुपर्ने अवस्थालाई ध्यान दिएर महानगरले क्वारेन्टाइन निर्माण गर्न लागेको उपप्रमुख गुरुङले बताइन् ।

त्यसैगरी महानगरले उपलब्ध गराउँदै आएको सुत्केरी पोषण सामग्रीलाई यही जेठ २० गतेसम्म निरन्तरता दिइने भएको छ । महानगरले बन्दाबन्दी शुरु भएयता सुत्केरी भएकाहरुलाई घिउ, हर्लिक्स, तेल र रु पाँच सय उपलब्ध गराउँदै आएको छ । महानगरले शुरु गरेको प्रसूति सेवा र मिर्गाैलापीडितलाई प्रदान गरेको निःशुल्क एम्बुलेन्स सेवालाई पनि जेठ २० गतेसम्म निरन्तरता दिने निर्णय गरेको समितिका सदस्य सचिव किरण कोइरालाले जानकारी दिए ।

महानगरले नगरबासीको स्वास्थ्य सेवालाई ध्यान एम्बुलेन्स खरीद गर्ने भएको छ । कोरोना सङ्क्रमण नियन्त्रण मूल समितिको बैठकले महानगरले सञ्चालन गर्ने गरी एउटा एम्बुलेन्स खरीद गर्न पोखरा महानगरकार्यपालिकालाई सिफारिस गर्ने निर्णय भएको उपप्रमुख गुरुङले बताइन् ।

हाल सञ्चालनमा रहेका एम्बुलेन्समध्ये दुई कोरोना सङ्क्रमितका लागि मात्रै सञ्चालन गर्ने र अरु एम्बुलेन्स अन्य रोगका बिरामीलाई प्रयोग गर्ने निर्णय गरेको छ । पोखरा महानगरले कोरोना सङ्क्रमणको उच्च जोखिम र आगामी दिनमा सङ्क्रमण फैलिन नदिन कास्की जिल्लाबाहेक अन्य स्थानबाट तरकारी तथा फलफूल भित्रन नदिन आवश्यक पहलका लागि महानगरलाई सिफारिस गर्ने निर्णयसमेत गरेको छ ।  (रासस)

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.