www.tandavnews.com
Fact ~ In search of truth

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रि-आइसोलेसनमा रहेका एक पुरुषमा कोरोना संक्रमण पुष्टि

पोखरा
ताण्डव न्यूज ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्मिाञ्चल क्षेत्रीय अस्पतालको प्रि आइसोलेसनमा रहेका एक जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्याङ्जा जिल्ला वालिङका ६० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार उनलाई अहिले आइसोलेसन कक्षमा राखिएको छ । उनिसँग प्रत्यक्ष सम्पर्कमा आएका ब्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु भएको निर्देशनालयले जनाएको छ ।

Batas

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या १ सय १४ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.