www.tandavnews.com
Fact ~ In search of truth

घान्द्रुकमा खाद्यान्न सामाग्री सहयोग

पोखरा
ताण्डव न्यूज ।

अन्नपूर्ण गाउँपालिका ११ घान्द्रुकस्थित परियार बस्तीका ३० परिवारलाई पर्यटन व्यवसायीहरुले खाद्यान्नका सामाग्री सहयोग गरेका छन् ।

न्यू छोम्रोङ गेष्ट हाउसका सञ्चालक राजकुमार गुरुङ, माउन्टेन भिउ होटलका सञ्चालक विक्रम गुरुङ, मेश्रम गेष्ट हाउसका सञ्चालक सन्दीप गुरुङ तथा लामा अमृत फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङ र हङकङ निवासी मिलन गुरुङले संयुक्त रुपमा आज (सोमबार) ३० परिवारलाई खाद्यान्नका सामाग्री सहयोग गरेका हुन् ।

Batas

सो परिवारलाई चामल, दाल, नून तथा तेल लगायतको सामाग्री प्रदान गरिएको लामा अमृत फाउण्डेशन घान्दु्रकका संस्थापक अमृत लामा गुरुङ बताए । ‘हामीले परियार बस्तीका ३० घरपरिवारलाई सहयोग गर्याै, उनले भने, ‘अहिले कोरोना कहरले गर्दा सबै मारमा परेका छन् । तल प्रहरी बिटमा समेत खाद्यान्न सामाग्री दिएका हौं ।’

सोही कार्यक्रम मार्फत कोरोना भाईरसको संक्रमणबाट जोगिनका लागि सतर्कता अपनाउ पर्ने भन्दै सचेतना समेत गरिएको थियो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.