www.tandavnews.com
Fact ~ In search of truth

सामसङ एक्सचेन्ज अफरः नयाँ वर्ष, एक्सचेन्जको हर्ष

पोखरा,
ताण्डव न्यूज ।

ग्राहकको मन जित्न सफल स्मार्टफोन ब्राण्ड सामसङले नयाँ वर्षको अवसरमा एक्सचेन्ज अफर ल्याएको छ ।

भरपर्दो र विश्वासिलो मानिदैँ आएको सामसङले पुरानो बार फोन अर्थात फिचर फोन, नयाँ फोरजी चल्ने स्मार्टफोनसँग साट्न मिल्ने अफर ल्याएको हो ।

Batas

एनसेलसँगको सहकार्यमा एनसेलको ‘फास्ट फरवार्ड लाइफ’अभियान अन्तर्गत ग्राहकको आवश्यकता र सुविधालाई मध्यनजर गर्दै सामसङले यस्तो योजना ल्याएको हो ।

यस एक्सचेन्ज अफरमा ग्राहकले सामसङको झण्डै दुई दिनसम्म टिक्ने ५ हजार एमएएच ब्याट्री भएको सामसङ ग्इालेक्सी एम ०१ कोर र सामसङ ग्यालेक्सी एम ०२ स्मार्टफोन लिन सक्नेछन् ।

एम ०१ कोरमा १ जीबी र्याम र १६ जीबी स्टोरेज क्षमता रहको छ । एम ०२मा ग्राहकले आफ्नो आवश्यकता अनुसार २ जीबी र्याम र ३२ जीबी स्टोरेज वा ३ जीबी र्याम र ३२ स्टोरेज क्षमता भएको दुई सेट मध्ये कुनै एक लिन सक्नेछन् ।एम ०१ कोर र एम ०२ सेटमा ग्राहकले सजिलै स्मार्टफोन चलाउन सक्ने इन्टरफेस रहेको छ ।

यो योजनामा ग्राहकले हरेक महिना १२ महिनासम्म १ जीबीका दरले एनसेल डेटा प्राप्त गर्न सक्नेछन् ।ग्राहकले स्क्सचेन्ज गर्न चाहेको पुरानो मोबाइल स्वीच अन गर्न मिल्ने अवस्थाको हुनुपर्छ । र दोस्रो फोनको ब्याट्री फुलेको अवस्थामा हुनु हुदैन अर्थात ब्याट्रीले काम गरेको हुनु पर्दछ ।

नयाँ फोन किन्नका लागि न्यूनतम ८ सय रुपैयाँ ग्यारेन्टीका साथ छुट प्रदान गरिनेछ ।नेपाललाई डिजिटालाइज बनाउने उद्देश्य सामसङको रहेको छ । ग्राहकले उत्कृष्ट स्मार्टफोनको अनुभवसँगै असीमित डिजिटल सम्भावनाहरुसँग आफुलाई जोड्न सक्नेछन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.