www.tandavnews.com
Fact ~ In search of truth
Mulberry

शिशुको हत्या गरी फरार महिला घाचोकबाट पक्राउ

hima aus

पर्वत ।

कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा नवजात शिशुको हत्या गरी फरार एक महिला सात वर्षपछि पक्राउ परेकी छन् । साविक आर्थर डाँडाखर्क वडा नं ७ स्थित यमबहादुर नेपालीकी श्रीमती ४७ वर्षीया अमृता भन्ने तारा नेपाली पक्राउ परेकी हुन् । नेपालीले अवैध गर्भ बोकी २०७० साल फागुन १२ गते नवजात शिशु स्थानीय अँधेरी नेटामा जन्माई कर्तव्य गरी मारी फरार भएको प्रहरीले जनाएको छ ।

classic tech

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीको कमाण्डमा विशेष टोली खटिई गई वडा प्रहरी कार्यालय बगर कास्कीको सहयोगमा खोजतलास गर्दै जाने क्रममा कास्कीको माछापुच्छ्रे« गाउँपालिका–३ घाचोकस्थित यामबहादुर नेपालीको घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ परेकी हुन् ।

Batas

उनलाई प्रहरीले बिहीबार साँझ ८ः०० बजेको समयमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । अभियुक्त नेपालीलाई कर्तव्य ज्यान (नवजात शिशुको हत्या) शीर्षकमा अनुसन्धानका लागि आज जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले जानकारी दिए । रासस
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...