www.tandavnews.com
Fact ~ In search of truth

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको अभियोगमा लेकसाईडबाट २ जना पक्राउ

पोखरा, ताण्डव न्यूज

कास्की, पोखरा महानगरपालिका वडा नं ६ लेकसाईडस्थित रहेको होटल ड्रिमल्याण्डमा महिलाहरुलाई काममा लगाई दिन्छु भनी यौन शोषण गर्न लगाएको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

होटलमा काम लगाइदिन्छु भन्दै महिलालाई ललाईफकाई प्रलोभनमा पारी तथा डर त्राससमेत देखाई बाध्यपारी यौन शोषण गर्न लगाउने गरेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले कात्तिक ७ गते उनीहरुलाई पक्राउ गरेको हो । पोखरा मनपा वडा नं १७ बिरौटा बस्ने वर्ष ४२ को सुरेश तामाङ र बारा कोल्बी नपा वडा नं १ कोल्बी बस्ने वर्ष २६ को ऋषि भट्टलाई पक्राउ गरेको हो ।

Batas

उनीहरु २ जनालाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिन म्याद थप अनुमति लिई अनुसन्धान कार्य भई रहेको प्रहरी कार्यलय बैदामले जनाएको छ । साथै पीडित महिलालाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाईएको ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.