www.tandavnews.com
Fact ~ In search of truth

महत्वका आधारमा बजेट विनियोजन : अर्थमन्त्री गुरुङ

सुशान्त गाहा मगर
पोखरा, ताण्डव न्यूज ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले महत्वका आधारमा बजेट विनियोजन गरेको बताएका छन् । आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट तथा कार्यक्रम सम्बन्धमा पोखरामा आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो अभिव्यक्ति राखेका हुन् ।

उनले नीति तथा कार्यक्रममा रहेका सबै क्षेत्रमा बजेत विनियोजन नहुने बताउदै महत्व र खर्च सामथ्र्यको आधारमा बजेट विनियोजन हुने प्रष्ट पारे । उनले फरक प्रसंगमा बोल्दै राजस्वको दायरा फराकिलो बनाउनुपर्ने धारणा राखे । ‘आम्दानीका हरेक स्रोत राज्यलाई थाहा हुनुपर्छ । कसरी र कति उसले प्राप्त गरेको छ, मन्त्री गुरुङले भने, ‘यतिमात्र नभई खर्च पनि हेर्नुपर्छ अर्थतन्त्रलाई व्यवस्थित गर्नुपर्छ । र त्यस्तो व्यवस्थापन गर्याै भने हामीले राजस्व वृद्धि गर्न सक्छौ ।’

Batas

उनले धेरै क्षेत्र राजस्व संकलनबाट छुटेको उल्लेख गरे । मन्त्री गुरुङले अन्य मुलुकको उदाहरण दिदै भने, ‘हामीले कसैको दान दक्षिणा पाउछौ भने पनि त्यसमा राज्यलाई केही न केही तिर्ने व्यवस्था चाँही अन्यत्र तिर हुन्छ ।’

कोरोना कहरका कारण मुलुक लकडाउन खेपिरहेपनि सामाजिक दुरी कायम गर्दै व्यवसाय चलायमान बनाउनुपर्ने धारणा राखे । उनले गण्डकीको पहिचानका लागि विभिन्न क्षेत्रहरुको महत्वलाई ध्यानमा राखेर बजेट विनियोजन गरिएको बताए ।

गुरुङका अनुसार परम्परागत महत्व बोकेका लोकगीत, साहित्य तथा कलाको क्षेत्र, तारा हान्ने खेल लगायतलाई गण्डकी प्रदेशको ब्राण्ड बनाईने उद्देश्य सहित बजेट विनियोजन गरिएको छ ।

मन्त्री गुरुङले लकडाउनका कारण अर्थतन्त्रमा प्रभाव परेको बताउदै कम्तिमा ५० प्रतिशत व्यवसाय चलायमान बनाउनुपर्ने बताए । राजस्व संकलन र खर्चको आधारमा बजेट ल्याईने बताउदै तुलनात्मक रुपमा चालु आर्थिक वर्षको भन्दा दुई अर्व बढि रहेको सुनाए । उनले कोरोना न्यूनीकरण तथा रोकथामका लागि २ अर्व बढि रकम विनियोजन गरेको बताउदै सबैजना आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने तर्क दिए ।

राजस्वकै कारण मुलुकको अर्थतन्त्रमा टेवा पुर्याउने भएकाले जुनसुकै तहमा भएपनि राजश्व तिर्न जनातालाई आग्रह गरे ।

मन्त्री गुरुङले व्यवसायको आम्दानी र नाफाको आधारमा सरकारलाई राजस्व तिर्न आग्रह गर्दै सरकारले हरेक व्यक्तिको आम्दानी र नाफा मात्र नभई खर्च विवरण समेत राख्नुपर्ने बताएका थिए ।

मन्त्री गुरुङले हिजो (सोमबार) मात्रै आर्थिक वर्ष २०७७/७८ का लागि ३४ अर्व ८४ करोड २१ लाख ६० हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । जुन चालु आर्थिक वर्षको तुलनामा २ अर्ब ७० करोड ७३ लाख ६८ हजार रुपैयाँले बढि रहेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.