www.tandavnews.com
Fact ~ In search of truth

नेपालको जनसङ्ख्या तीन करोड नाघ्यो

काठमाडौँ ।

नेपालको जनसङ्ख्या आजदेखि औपचारिक रुपमा तीन करोड नाघेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार देशको जनसङ्ख्या आज तीन करोड ६३४ पुगेको छ ।

विभागले राष्ट्रिय जनगणना, २०६८ को जन्म, मृत्यु र बसाइँसराइ दरको तथ्याङ्कमा आधारित भएर मुलुकको जनसङ्ख्या तीन करोड ६३४ पुगेको जनाएको हो । राष्ट्रिय जनगणना, २०६८ को नतिजाअनुसार नेपालको जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ थियो । आगामी वर्ष १२ औँ राष्ट्रिय जनगणना प्रारम्भ हुँदैछ । विभागले त्यससम्बन्धी कार्यतालिका स्वीकृत गरिसकेको छ ।

Batas

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलको अध्यक्षतामा गत साता सम्पन्न राष्ट्रिय जनगणना निर्देशक समितिको   बैठकले उक्त कार्यतालिका स्वीकृत गरेको हो ।

कार्यतालिकाअनुसार यही असार १५ गतेदेखि जनगणनाको प्रश्नावली तयारी थालेर स्थानीय तहअनुसार जनगणनाको तालीम, तथ्याङ्क प्रशोधन केन्द्रको तयारी, ‘अनलाइन’ मार्फत गणक तथा सुपरीवेक्षकको आवेदन, उनीहरूलाई तालीम, जनगणनाको सामग्री जिल्ला–जिल्ला पठाउने, प्रदेश तथा जिल्ला जनगणना कार्यालय स्थापना, प्रारम्भिक तथा अन्तिम नतिजा र २०८० वैशाखभित्र विषयगत प्रतिवेदन सार्वजनिक गर्ने लक्ष्य निर्धारण गरिएको छ ।

विभागले हरेक १० वर्षमा राष्ट्रिय जनगणना गर्दै आएको छ । रासस

–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.