www.tandavnews.com
Fact ~ In search of truth

फेवातालमा भेटियो यूवतीको शव, हत्या किआत्महत्या ?

पोखरा
ताण्डव न्यूज
पोखरा महानगरपालिकाको गौरीघाट नजिकै फेवातालमा एक यूवतीको शव भेटिएको छ । उक्त शव कास्कीकै अन्नपूर्ण गाउँपालिका २ ढिकुरपोखरीकी १९ वर्षिया दिब्या अधिकारीको रहेको प्रहरीले जनाएको छ ।

तालमा शव तैरिरहेको अबस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको कास्की प्रहरी प्रमुख एसपी ओम रानाले जानकारी दिए । यूवतीको शव अहिले पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको शव गृहमा लगिएको एसपी रानाले जानकारी दिए ।

यूवतीको हत्या भएको हो वा आत्महत्या भएको हो अनुसन्धानपछि खुल्ने उनले बताए । यूवतीको साथमा स्कुटरको चाबी भेटिएको र उनको शव नजिकै एउटा स्कुटर पनि भेटेको प्रहरीको भनाई छ ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.