www.tandavnews.com
Fact ~ In search of truth

सडक विभागका इञ्जिनीयरविरुद्ध मुद्दा, साढे तीन कराेड बराबरको सम्पत्तिको आय स्रोत देखिएन

काठमाडौँ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा सडक विभागका इञ्जिनीयर भरतराज आचार्यविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

विभागमा लामो समय सेवा गरेका आचार्यले गैरकानुनी तरिकाले सम्पत्ति आर्जन गरी उच्च जीवनयापन गरेको सन्दर्भमा परेको उजुरीमाथि छानबिन गर्दा अकूत सम्पत्ति आर्जन गरेको पाइएको हो । आयोगका अनुसार सरकारी सेवाअन्तर्गत सार्वजनिक निर्माण शाखा रुकुममा सव ओभरसियर पदमा २०४१ असोज १२ मा अस्थायी रुपमा प्रवेश गरेको र २०४३ असार ३१ गते ओभरसियर पदमा स्थायी नियुक्ति लिएको पाइएको छ । आयोगले २०६४ वैशाख १ गते इञ्जिनीयरमा पदोन्नति भएका आचार्य सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमा कार्यरत रहेको पाइएको छ ।

सार्वजनिक सेवामा प्रवेश भएपछि आचार्यले आफू र श्रीमतीका नाममा जग्गा खरिद गरेको, घर निर्माण, सवारी साधन खरिदलगायतमा खर्च गरेको पाइएको आयोगले जनाएको छ । आयोगले २०७६ जेठसम्म गरेको अनुसन्धानका क्रममा आचार्यले रु दुई करोड सात लाख ७९ हजार ९८६ बराबरको सम्पत्ति वैधरुपमा आर्जन गरेको देखिएको जनाएको छ । यस्तै, रु पाँच करोड २९ लाख ४२ हजार ४६६ बराबरको खर्च तथा लगानी गरेको पाइएको छ । आयको तुलनामा खर्च बढी भएको पाइएकाले रु तीन करोड २१ लाख ६२ हजार ४८० बराबरको सम्पत्तिको वैध आय स्रोत देखिएको छैन ।

Lama collectio News Middle

आयोगले आचार्यको श्रीमती रितादेवी खनाल आचार्यको नाममा समेत राखेको पाइएकाले स्रोत नखुलेको सम्पत्ति जफत गर्नुपर्ने माग दाबी गरेको छ । आयोगले बिगोसमेत असुल उपर गरी हदैसम्मको कारवाहीको माग गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

यस्तै आयोगले आजै जिल्ला अदालत, कपिलवस्तुमा दोभाषेका रुपमा कार्यरत विश्वनाथ कुर्मीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । ठगी मुद्दामा सहजीकरण गरिदिने भन्दै कुर्मीले एक सेवाग्राहीसँग रु दुई लाख घुस लिएको अभियोग लागेको छ । आयोगले बिगोअनुसारको कारवाहीको माग गरेको छ ।

रासस
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery