www.tandavnews.com
Fact ~ In search of truth

सम्पन्न श्रेष्ठ राखेप सदस्यमा मनोनित

पाेखरा ।

तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठ राष्ट्रिय खेलकूद परिषद् (राखेप) सदस्यमा मनोनित भएका छन् । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले आज श्रेष्ठलाई सदस्यमा मनोनित गरेका हुन् ।

मन्त्री विश्वकर्माले श्रेष्ठसहित ६ जनालाई सदस्यमा मनोनित गरेका छन् । मनोनित सदस्यहरुमा चितवनका रिम रानाभाट, ओखलढुङ्गाका इन्दिरा निरौला, खेल संघको तर्फबाट काठमाडौँका अर्जुन केसी, चितवनका सुवास श्रेष्ठ र नुवाकोटका गोविन्द प्रसाद भट्टराईलाई राखेप सदस्यमा मनोनित गरिएको मन्त्रालयलका सूचना अधिकारी यमेन्द्र उपाध्यायले जानकारी दिए ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.