www.tandavnews.com
Fact ~ In search of truth

लियो चौतारी पोखराद्वारा खाद्यान्न लगायतका सामाग्री सहयोग

पोखरा ।

पोखरा लायन्स जिल्ला परिषद् ३२५ बि १ नेपाल अन्तर्गतको लियो क्लब अफ चौतारी पोखराले आज पोखरा महानगरपालिका १७ सिमलटुँडा स्थित महानगरस्तरीय बाल संरक्षण केन्द्रमा खाद्यान्न लगायतका सामाग्री सहयोग गरेको छ ।

सहयोग सामाग्री वितरण कार्यक्रममा प्रमुख अतिथी तथा लायन्स जिल्ला परीषद् ३२५ बि १ नेपालका लायन बर्ष २०२०/०२१ का अध्यक्ष आदर्शमोहन भट्टराईले यस बिषम् परीस्थितीमा पनि क्लबले जारी राखेको सहयोग कार्यक्रमको प्रशंसा गर्दै ‘कनेक्ट टु ग्रो’ नारासँगै यस वर्षभर बाल बालिकाको छेत्रमा बिशेष कार्यक्रमहरु गरिरहने जानकारी दिए ।

Batas

कार्यक्रममा जिल्ला सचिव समीर बराल, जिल्ला कोषाध्यक्ष प्रदिप पौडेल, रिजन कोओर्डिनेटर विशाल अधिकारी, एनएलएफ मेनेजमेन्ट चेयरपर्सन दिप्ती न्यौपने, ट्रेनिङ पुल मेम्बेर संकल्प बसेल, क्लबका पुर्बअध्यक्ष हरीहर पराजुली, बाल संरक्षण केन्द्रका अध्यक्ष मङ्गल बहादुर नेपाली लगायतले क्लबका सदस्यहरुले आफ्नो नेतृत्व र ब्यक्तित्व बिकास गर्दै आफुभन्दा कम अवसर प्राप्त समाजका विभिन्न पक्षसँग मानविय तथा सामाजिक काम गर्नुपर्नेमा जोड दिए ।

क्लबका अध्यक्ष किरण अधिकारीले आगामी दिनमा पनि लायन्स ईन्टरनेशलको विधि बिधान अनुसार युथ प्रोजेक्टका कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिबद्धता जनाए। अध्यक्ष अधिकारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव कुशल अर्यालले गरेका थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.