पोखरा,
ताण्डव न्यूज ।
भोलि (सोमबार) गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ ।
प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले जनैपूर्णिमामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकारको गत वर्ष २२ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सोमबार परेको जनैपूर्णिमामा सार्वजनिक बिदा हुने भएको हो ।
यसैबीच यस वर्ष तमु ल्होसार, माघे संक्रान्ति र सोनम ल्होसारमा पनि सार्वजनिक बिदा हुने भएको छ।
© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.