www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीः पोखरामा उपचाररत ५ संक्रमितको मृत्यु

कास्कीका १६६ सहित थपिए ७०१ संक्रमित

पोखरा /ताण्डव न्यूज ।

पोखराका छुट्टाछुट्टै अस्पतालमा उपचाररत ५ जनाको मृत्यु भएको छ ।

कास्कीका २ पर्वतका १, म्याग्दीका १ र बागलुङका १ जनाको संक्रमणबाट ज्यान गएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

Batas

मृतक संक्रमितमध्ये दुइ जनाको चरक मेमोरियल, २ जनाको मणिपाल र र एक जनाको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । यो सँगै प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११२३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा गण्डकीमा ७०१ संक्रमित थपिएका छन् ।संक्रमित हुनेमा कास्कीका १६६ जना, मुस्ताङका २२,म्याग्दीका १२, पर्वतका ३७,गोरखाका ११३, लमजुङका १९,तनहुँका २७, बागलुङका १६६, स्याङ्जाका ८८, स्याङ्जाका १०५ र नवलपरासीका ११२ जना रहेका छन् । ३४४ महिला र ३५७ पुरुषमा संक्रमण पुष्टि भएको हो । यो सँगै संक्रमित हुनेको संख्या ७० हजार ९ सय ६८ पुगेको छ ।

यस्तै सोही समयमा प्रदेशमा आज ७१० जना सन्चो भएका छन् । आज सन्चो भएकासँगै हालसम्म ६४ हजार १ जनाले कोरोना जितेका छन् ।

हाल प्रदेशमा ५ हजार ८४४ सक्रिय संक्रमित छन् । जसमध्ये ५ हजार ५२० जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.